भट्टराई एमाले पर्यटन विभागको सदस्यमा मनोनीत
पाेखरा | जेठ १९, २०७९
पाेखरा: पोखरेली पर्यटन व्यवसायी नरेश भट्टराई नेकपा एमालेको पर्यटन विभागको सदस्यमा मनोनीत भएका छन् ।
गत बैशाख ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको वैठकबाट गठित विभागमा पोखरेली स्थापित पर्यटन व्यवसायी भट्टाराई सहित २४ जना मनोनीत भएका हुन् ।
मनोनीत भएसँगै पोखरेली पर्यटन व्यवसायी भट्टराईले आफ्नो जिम्मेवारी सम्हाल्नेछन् । उनले आफुलाई प्राप्त भएको जिम्मेवारी पुर्ण रुपमा वहन गर्न तत्पर रहेको बताए । ‘पर्यटन विभागको सदस्यमा समावेश भएको छु, उनले भने, ‘अब आफ्नो जिम्मेवारी उत्कृष्ट तवरले सम्हाल्नेछु ।’
पोखराको लेकसाइडस्थित माउन्ट कैलाश रिसोर्टका सञ्चालक भट्टराई नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य समेत हुन् ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

